top of page

राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्य लगायत नेपाली दुतावासका कूटनीतिक टिम लाई मगर भवन मा स्वागत


लण्डन।

वेलायतका लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्य लगायत नेपाली दुतावासका कूटनीतिक टिम लाई केन्द्रिय मगर संघ युके ले गर्यो मगर भवन मा स्वागत कार्यक्रम।


केन्द्रिय मगर संघ युकेले यहि ७ मे २०२२ का दिन स्वागत गरेको थियो। उक्त स्वागत कार्यक्रममा वेलायतका लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्य, श्रीमती सुनिता आचार्य लगायत नेपाली दुतावासका अधिकृत श्री राम बाबु नेपाल को उपस्थिति रहेको थियो। उक्त स्वागत कार्यक्रममा मगर संघ केन्द्रका अध्यक्ष श्रीमती सीता पुन को सभापतित्व मा सम्पन्न भएको थियो। कार्यक्रममा श्रीमती पुन ले खादा र फुलले स्वागत गर्नुभएको थियो। नेपाल र वेलायत को राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य मगर संघ केन्द्रका वरिष्ठ उपाध्क्ष साथै नेपाली खुला साँगितिक कार्यक्रम प्रमुख श्री लाल बहादुर पुनले गर्नु भएको थियो भने निवर्तमान अध्यक्ष श्री सुनिल रानाले मगर संघले कोरोना कहर को अवस्थामा भएका कामहरुको बारेमा र मगर संघले गरेका परोपकारी कामका बारेमा जानकारी गराएका थिए। साथै, श्री रानाले प्रथम शहिद क्याप्टेन लखन थापा मगरको चित्र नेपाली दुतावास लाई उपलब्ध गराउने भन्दै एक चिट्ठी पनि वेलायतका लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो। स्वागत कार्यक्रम मा बोल्दै वेलायतका लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्य ले मगर संघ युकेले देश बाहिर रहेर पनि नेपाल र नेपालीको भाषा, संस्कार, संस्कृति बचाएर राखेको भन्दै सम्मान व्यक्त गरे । साथै , मगर संघ युके ले बेलायत र नेपालमा गरेको परोपकारी कार्यप्रति प्रसंशा गर्दै २०६ वर्ष लामो नेपाल वेलायत सम्बन्ध अझै प्रगाढ बन्ने मा बिस्वाश व्यक्त गर्नुभयो। महामहिम आचार्य ले मगर संघ केन्द्र को सातौ कार्यसमिति लाई हार्दिक बधाई साथै सफलकार्यकाल को शुभकामना पनि दिनुभएको थियो। आउदै गरेको नेपाली खुला साँगितिक कार्यक्रम २०२२ लाई भव्य र सभ्य रुपमा सपन्न गर्नमा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा धन्यवाद मन्तव्य दिदै मगर संघ केन्द्र का अध्यक्ष श्रीमती सीता पुनले दुतावासले कोरोना कहरको समयमा गरेको पुब्लिक सेवालाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, नेपाली दुतावास हामी सबै विदेशमा रहेका नेपाली हरुको मूल घर रहेको र दुतावासले अभिभावकको भूमिका निर्बाह गर्ने छ भन्दै बिस्वाश व्यक्त गरिन साथै, कार्यक्रम मा उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रममा मगर संघ केन्द्रका ७ औं पदाधिकारीहरु - अधक्ष्य सीता पुन, वरिष्ठ उपाध्क्ष लाल पुन , उपाध्क्ष होम रोका, महा सचिव गुमान सिङ्ग थापा , कोषाधक्ष्य मोहन थापा , सहकोषाधक्ष्य सरला थापा, मिडिया सचिव किशोर राना , सह एडमिन सचिव रमेश दुरा थापा, सहसाँस्कृतिक सचिव रुक बहादुर आले, पुर्वअधक्ष्यहरु-सुनिल राना, दुत पुन , मेजर कुल कुल बहादुर थापा , ट्रष्टीहरु ताम धेगा, गोमा राना, जगत थापा, सल्लाहकार एक पुन, मगर महिला संघयुके का अधक्ष्य श्रीमती बिष्णु श्रीस, युएचएसबि शाखा अधक्ष्य ऋषिराम राना, रेदिंग शाखा अधक्ष्य सोब रेगामी, केन्ट शाखा सचिव धन कुमार बुढा,इन्जिनर तेजेन्द्र रोका मगर, रेखिराम राना, भा बहादुर पुन , रबिन्द्र बहादुर रोका, गणेश बहादुर मगर, मनु पाईजा, नरमति पुन लगाएतको उपस्थिति रहेको थियो।


स्वागत कार्यक्रमका केहि तस्बिरहरु:









101 views0 comments
bottom of page