top of page
Search

मगर संघ युकेका अधक्ष्य श्रीमती सिता पुन मगर लाई पोर्तुगलका युवाहरुको स्वागत...

  • Writer: Guman Sing Thapa
    Guman Sing Thapa
  • Jan 19
  • 1 min read


मगर संघ युकेका अधक्ष्य श्रीमती सिता पुन मगर लाई पोर्तुगलका युवाहरुको स्वागत...
मगर संघ युकेका अधक्ष्य श्रीमती सिता पुन मगर लाई पोर्तुगलका युवाहरुको स्वागत

मगर संघ पोर्तुगलको निमंत्रनामा १९ जनुअरी २०२५ मा हुने कार्यक्रम मगर समुदायको एक मात्र राष्ट्रिय पर्व माघेसंक्रान्तिको पावन अवसरमा "समुन्नत मानव सभ्यताको लागि कला, संस्कृति, साँस्कृतिक उन्नयनको लागि माघेसंक्रान्ति" भन्ने मूल नाराका साथ "माघेसंक्रान्ति बृहत् साँस्कृतिक कार्यक्रम २०२५" कार्यक्रमका लागि मगर संघ युकेका अधक्ष्य श्रीमती सिता पुन मगर १८ जनुअरी २०२५ मा लिस्बन पोर्तुगल एरपोर्ट मा उत्रिनुभएको छ। लिस्बन एरपोर्टमा मगर संघ युकेका अधक्ष्य श्रीमती सिता पुन मगरलाई स्वागतका लागि अधक्ष्य कमल पुन मगर - मगर संघ पोर्तुगल, निवर्तमान अधक्ष्य रबिन पुन मगर - मोना पोर्तुगल, अधक्ष्य कर्ण मगर - जनजाती महासंघ पोर्तुगल, कार्यक्रम संयोजक "माघेसंक्रान्ति बृहत् साँस्कृतिक कार्यक्रम २०२५" साथै संस्थाका अन्य सदस्य ज्युहरु को उपस्थिति रहेको थियो।


श्रीमती सिता पुन मगर २५ जनुअरी २०२५ मा बिस्व मगर संघ बेल्जियमले आयोजना गरेको माघे संक्रान्ति पर्व २०२५ मा पनि भाग लिने कार्यक्रम रहेको छ। त्यस्तै नेदर्लन्द मगर परिवार संग पनि माघेसंक्रान्ति भेटघाट कार्यक्रम रहेको छ।

 
 
 

Comments


bottom of page